जे छ ठीक छ !

‘के छ खबर ?’ भन्ने प्रश्नमा
सधैं दिइने
‘ठीक छ’ भन्ने उत्तर झैं
स्थिति सधैं ‘ठीक’
भएको पनि होइन !

समस्या सुनाउने–
ल्याकत, हैसियत नभएको
वा
समस्या सुनाउन–
उपयुक्त समय, परिस्थिति, सन्दर्भ, संयोग नमिलेको वा
समस्या सुनिदिने– व्यक्ति मनले नभेटेको
वा
समस्या फुकाउन साहस नजुटेको
पनि पो हो कि !!!

खई !!

तर जे छ ‘ठीक छ’ ।।

तपाईंलाई यस्तो लाग्दैन ?

चैत्र १५‚ २०७८ मंगलबार

Leave a Reply