पर्खाइ | कविता

कति कठीन होलान् तिम्रा दिनहरूजहाँ हर मिनेटमलाई कुर्दै तिमी बस्नु परेको छ । के सोची टोलाउँदै बस्छौ होला ?के सम्झिन नखोज्दै उदास हुँदै सुस्ताउँछौ होला ?!जहाँ आफ्नै मनलाईसम्झाउन पनि कठीन हुन्छ । हावासँगै बहने मन होलाविचार पुग्ने ठाउँमा विचार झैं Read More …

जे छ ठीक छ !

‘के छ खबर ?’ भन्ने प्रश्नमासधैं दिइने‘ठीक छ’ भन्ने उत्तर झैंस्थिति सधैं ‘ठीक’भएको पनि होइन ! समस्या सुनाउने–ल्याकत, हैसियत नभएकोवासमस्या सुनाउन–उपयुक्त समय, परिस्थिति, सन्दर्भ, संयोग नमिलेको वासमस्या सुनिदिने– व्यक्ति मनले नभेटेकोवासमस्या फुकाउन साहस नजुटेकोपनि पो हो कि !!! खई !! Read More …

बगरको वालुवा । कविता

नदिको किनारमाबगरका बालुवा झोप्दैउर्लिएर आउने छाल जस्तै आउँछन् तिमीप्रतिको भावतिमीप्रतिको लगावतिम्रो चाहातिमी मेरी हौ भन्ने विश्वासवा तिमी मेरी हुनैपर्छ वा हौ भन्ने तर्क । तर ती छाल कतिबेर बस्छन् र त्यो बगरमा ?जति वेगमा आउँछन्त्यति नै वेगमा फर्किन्छन्, अझ छिटो Read More …

पर्खाइमा । कविता

parkhaima

तिमी एकभारी सपना बोकेर परको देश लाग्यौ । सपना पूरा गर्न खटिँदै होलाउ । तर ति सपना पूरा गर्न तिमीलाई कतिवटा जीवन चाहिने हो ? यहाँ एउटा जीवन त पर्खाइमा सकिइसक्यो । बिहान पूर्वतिर गइरहेको बकुल्लाको बथान साँझ पश्चिमतिर लागिरहेको Read More …

ए दुःख । कविता

ए दुःख, म सुखमा रमाउन थालेँ भनेर तिमी मसँग दुःखी नहुनु । म सुखमा भुल्न थालेँ भनेर तिमी मबाट टाढा नहुनु । मैले सुखलाई प्यारो मान्न थालेँ भनेर तिमी मलाई पराई नमान्नु । ए दुःख, तिमी त मेरो हौ मसँगै Read More …

नाली । कविता

कुनै दुर्गन्धित नालीनजिक घर सर्दावा, घर नजिकको नाली दुर्गन्धित हुन थाल्दासुरुमा त्यो नालीसाह्रै घिनलाग्दो हुन्छ, गन्हाउने हुन्छ । त्यहाँ बस्नै नसकिने, त्यो गन्ध सहनै नसकिने जस्तो लाग्छ । तर बिस्तारै त्यो गन्धलाई भोग्न थाल्दा, सहन थाल्दात्यो गन्ध नाकलाई वानी पर्न Read More …

बाँचि त हेर । कविता

हिँडन थालेपछिपाइला चाल्न थालेपछिकहीँ न कहीँ त पुगिहालिन्छ निकेही न केही दूरी त पार गरिहालिन्छ नि । क्षितिजको गन्तव्य पनि तहिँडन थालेपछि नै पुगिने हो ।बसिरहेर,पुगिँदैन कि भनेर नहिँडेर तकहाँ पुगिन्छ र ? फूल पनि घाम पानी सहेपछि फूल्ने न Read More …

हामी त कलियुगको मान्छे । कविता

हे महामानव,हामी त कलियुगको मान्छे । आउएकले अर्कालाईभुतालौँ, टोकौँचिथरौँ, चिमोटौँलुछौँ, निमोठौँकुटौँ, पिटौँमारामार गरौँकाटाकाट गरौँ । यत्तिकै शान्त भएरहामी हाम्रो धर्म नबिर्सौँ । हामीलाई जसरी पनि मान्छे हुनै पर्छ ।नत्र, इतिहासमा हामीहुन नसकेका मानव भनेरहाम्रै पुस्ताबाट अपमानित हुनेछौँ । आउ महामानव,हामी Read More …

घाम अस्ताउनु अघि र अस्ताएपछि । कविता

चिसा दिन सुरु भएपछिकोघाम अस्ताउनु अघिकोकरिब आधा घण्टाको समयजब बाहिर हेर्छुजब आकाशलाई हेर्दै, पहाडलाई हेर्दै टोलाउछुदृश्यहरू मस्तिष्कमा यसरी दौडन्छन् किभावहरू मनमा यसरी उम्लन्छन् किमलाई कविता लेख्ने मन हुन्छमलाई कविता लेख्ने हुटहुटी जाग्दछ । केहीबेरमै अस्ताउने घामआँखै खाउँला जस्तो चम्किलो छ Read More …

छोडेर जानेहरू । कविता

छोडेर जानेहरूयस्तरी जान्छन् कि –एउटा सिंगो संसार लिएर गए जस्तोबाँकी केही आफूसँग नभए जस्तोहाँसो खुशी लुटेर लगे जस्तोबाँच्ने बाटो सकिए जस्तो । मनबाट खुशी झिकेपछिमन शान्त हुनु पर्ने होइन र ?तर, किन पिरमा पिरोलिन्छ ?किन दुःखमा रुमल्लिन्छ, मन ? मनलाई Read More …