ए दुःख । कविता

ए दुःख,
म सुखमा रमाउन थालेँ भनेर
तिमी मसँग दुःखी नहुनु ।

म सुखमा भुल्न थालेँ भनेर
तिमी मबाट टाढा नहुनु ।

मैले सुखलाई प्यारो मान्न थालेँ भनेर
तिमी मलाई पराई नमान्नु ।

ए दुःख,
तिमी त मेरो हौ
मसँगै हुनुपर्छ
मेरो सुखमा,
मेरो खुशीमा,
मेरो सफलतामा,
मेरो जीवनमा ।।

अनि न मैले
जीवन बाँच्नु पर्छ भन्ने बिर्सन्न ।
अनि न मैले
जीवन व्यर्थ फाल्नु हुन्न भन्ने बिर्सन्न ।
अनि न मैले
जीवन फगत होइन भन्ने बिर्सन्न ।

मेरो दुःख,
तिमी मेरो हौ
तिमी मसँग हुनु
सदासदा ।।

पौष १७, २०७७

Leave a Reply