बाँचि त हेर । कविता

हिँडन थालेपछि
पाइला चाल्न थालेपछि
कहीँ न कहीँ त पुगिहालिन्छ नि
केही न केही दूरी त पार गरिहालिन्छ नि ।


क्षितिजको गन्तव्य पनि त
हिँडन थालेपछि नै पुगिने हो ।
बसिरहेर,
पुगिँदैन कि भनेर नहिँडेर त
कहाँ पुगिन्छ र ?

फूल पनि घाम पानी सहेपछि फूल्ने न हो
दुःख त भइहाल्छ नि
सजिलो कहाँ छ र ?
समय लाग्ला
समय बित्नुपर्ला

तर
उज्याला दिन आउँछन्
गन्तव्यमा पुगिन्छ
फूल झैँ मगमग वास्ना छर्न सकिन्छ,
एकदिन
आउँछ त्यो दिन ।
बाँचि त हेर !!

मंसिर २३, २०७७

Leave a Reply