हे महामानव,
हामी त कलियुगको मान्छे ।
आउ
एकले अर्कालाई
भुतालौँ, टोकौँ
चिथरौँ, चिमोटौँ
लुछौँ, निमोठौँ
कुटौँ, पिटौँ
मारामार गरौँ
काटाकाट गरौँ ।
यत्तिकै शान्त भएर
हामी हाम्रो धर्म नबिर्सौँ ।
हामीलाई जसरी पनि मान्छे हुनै पर्छ ।
नत्र, इतिहासमा हामी
हुन नसकेका मानव भनेर
हाम्रै पुस्ताबाट अपमानित हुनेछौँ ।
आउ महामानव,
हामी कलियुगको असलि मान्छे बनौँ ।
मंसिर २१, २०७७