खरानी भयो जीवन – गजल

खरानी भयो जीवन एकदिन तिम्रो पनि जल्ने छ ।
भाँचिएँ म भित्रैबाट, जीन्दगी खै कसरी चल्ने छ ।

आगोको वीउ मनमा रोपी गएकी छाै तिमी ।
ढिलो चाडो न हो, त्यो संसार पनि भर्भरी बल्ने छ ।

माैन स्वीकृति पाइसके, अब हुरी बनि आउनेछु
जग पनि बाकी रहन्न, जीवन गर्ल्याम्म ढल्ने छ ।

खरानी भयो जीवन एकदिन तिम्रो पनि जल्ने छ ।
भाँचिएँ म भित्रैबाट, जीन्दगी खै कसरी चल्ने छ ।

Leave a Reply