भुवाँका सपना

आगोको एउटा मुस्लोमा
आफैँलाई डढाएर
अङ्गारका ढिक्का बनेर
तिम्रो श्यामश्वेत सपनाका पानाहरूमा
कहिल्यै नमेटिने काला अक्षर सजाउने
रहर त मनले गर्छ।


तर बिडम्बना
आगोको भट्टीले मलाई
अङ्गार बन्न नदिने रहेछ ।
म अङ्गार बन्न नसक्ने रहेछु ।
खरानी पो बन्ने रहेछु।

खरानी
जस्लाई हावाले पनि उडाउँछ,
पानिले पनि बगाउँछ ।
अब म कसरी
तिम्रा सपनाका पानाहरूमा
आफूलाई अड्याउँ ?

#भुवाँका_सपना

Leave a Reply