नभएका कल्पना

म बुन्छु सपना
म बनाउँछु कल्पना ।
कहीँ भएजस्तो,
कहीँ पनि नभएजस्तो ।

कहिले
कतै खोज्न जाउँ जस्तो लाग्छ,
भेटी पो हाल्छ कि जस्तो लाग्छ ।

तर कहिले
आफ्नै कल्पनामा पनि भेटिदैन ।
किन सपना यति कमजोर हुन्छन्
किन कल्पना यति निरीह हुन्छन् ?
आफै बनाउने अनि आफैसँग पनि नहुने ।

हो,
संसार मैले सोचे जस्तो छैन ।
हो,
कल्पना मैले सोचे जस्तो छैन ।
जमिनदेखी आकाशभन्दा पनि टाढा
कता कता ?
भिन्न छ विल्कुल भिन्न ।
भिन्न छ र त कल्पना छ
भिन्न छ र त सपना छ ।।

Leave a Reply