आकाशमा
टुक्राटुक्रा बादल छरिएझै
ताराहरूले अँधेरी सजिएझै
म तिमीसँगै हुनेछु ।
म तिम्रो लागि हुनेछु ।।
आँखाबाट झर्न
रहर गर्ने आँशु
बिहानीको शित हुनेछ ।
म हुन्छु तिम्रो साथ
तिमी हुन्छौ मेरो साथ
जिन्दगी मिठो गीत हुनेछ ।
मेरो श्वाससँगै तिम्रो
खुशी नरोकियोस् ।
जति हुन्छु साथ
खुशी दिने याद
रोप्न सकियोस् ।
तिमी सदा साथ हुनु ।।
तिमी सदा साथ चल्नु ।।
बिहानीको घाम
हामीलाई हेर्न आउनेछ ।
बेलुकीको जुन
हामीलाई हेरेर रमाउनेछ ।
तिमी सदा साथ हुनु ।
तिमी सदा साथ चल्नु ।।
मलाई बोल्न मन नलाग्ला,
तिम्लाई केही सुन्न मन लाग्ला
तिमी मेरो धड्कन सुन्नु ।
म हावासँग हराउन सक्छु,
कही पनि नभेटिन सक्छु
आफ्नै छायाँमा मलाई भेट्नु ।।
म तिमीसँगै हुनेछ ।
म तिम्रो लागि हुनेछ ।।
म त धेरै टाढा जानेछु ।
सँगै तिमीलाई नि लानेछु ।।
तिमी सदा साथ हुनु ।
तिमी सदा साथ चल्नु ।।
म तिमीसँगै हुनेछु ।
म तिम्रो लागि हुनेछु ।।