एक पल देखिएका मोहन पल

साँझ परिसकेको थिएन । तर पनि घाम थिएन । कारण थियो, आकाशमा मडारिरहेका काला बादल ।
माइक्रोबाट रत्नपार्क झर्दा आकाश पनि झर्न थालिसकेको थियो । पानिका थोप्ला ठुला–ठुला थिए । र सङ्ख्या पनि बढ्दै थिए । मलाई सुन्धारा पुग्नु थियो । अर्को गाडि चढ्न ।
दौडिएँ । छिटो पुग्नु थियो । पानि जो पर्न थालिसकेको थियो । कारण छाता थिएन । बर्खामा त नबोक्ने आफ्नै जिद्दीपनले हिउँदमा बोक्न के दिन्थ्यो ।
सासै जाला जस्तो गरी हस्याङ्फस्याङ् गर्दै पुगे सुन्धारा । एउटा गाडि हिड्न ठिक्क परेको रहेछ । चढेँ । तर सबै सिट भरीएर पनि केही मान्छे उभिइरहेका थिए । ह्या अर्कोमा निदाउँदै जाने हो भनेर म त्यो गाडिबाट ओर्लिएँ । र गएँ यात्रुकक्ष जहाँ ओत थियो, पानिबाट पनि बच्नु थियो मलाई ।

कार्यालय समय सकिएपछिको समय थियो त्यो । मान्छेको भिड नहुने त कुरै थिएन । अझ पानि पर्न थालेकाले गाडिको सङ्ख्या एकदम न्यून भएको थियो । सुन्धाराको एनएसी बिल्डिङ अघिको त्यो स्टेशन खालि हुदै थियो । गाडिहरू खै कता गए । आउनै छाडे । तर मान्छेहरूको भिडले सडक नै भरीदै थियो ।
अझ भृकुटीमण्डप, जमल तिरको स्टेशन हटाएपछि मान्छेको मेला नै लाग्थ्यो सुन्धारामा । मान्छेहरू मुस्किलले ओहोरदोहोर गर्दै थिए ।
म आक्कलझुक्कल आइरहेका गाडि कहाँ पुग्ने रहेछन् ? मै चढ्नुपर्ने गाडि हो-होइन बुझ्न त्यो भिडमा बेलाबेला सडक बिचमा नै पनि पुगिरहेको थिएँ ।
कुनबेला गाडि आउला भन्दै परपरसम्म पुगिरहेका आँखा एक्कासी एनसी बिल्डिङको गेट वारी उभिइरहेका एक जना मान्छेमा गएर रोकियो । कारण थियो उनि मोहन पल जस्तै देखिन्थे । उन्ले झुलुक्क यात्रुकक्षतिर हेरे पनि । हो रहेछन् ति मोहन पल नै ।
उनि पनि गाडिकै प्रतिक्षामा थिएँ सायद । मलाई ख्यालै गरेनन् । सायद चिनेनन् होला । खासै भेट पनि भइरहने होइन ।
अनि उनि गाडि आउने बाटो हेर्नमा व्यस्त भइहाले । मतिर फेरी हेर्दै हेरेनन् ।
हाम्रो गन्तव्य एकै ठाउँबाट सुरू त हुन्थ्यो तर पुग्ने ठाउँ भने भिन्न थियो ।
बोलाउँ वा गएरै भेटौँ भन्नेमा मनमा दुविधा भयो । बोलाउँदा त त्यो भिडमा नसुन्लान् जस्तो लाग्यो । अनि बढेँ उनि तिरै ।

करीब दश पाइला जतिमा म अघि उनि उभिएकै ठाउँमा त पुगे तर उनको केही पाइला एनसीको गेट अघिको बाटो काटेर अघि बढ्न थालिसकेका थिए । सायद उनि चढ्नुपर्ने गाडि आएको थियो कि ।
उन्लाई पछ्याउँ कि नपछ्याउ भन्नेमा फेरी दुविधामा परे । पछ्याउँ त गाडिमा निदाउदै जाने रहरमा तुषारापात पो हुने हो कि । एकपटक गाडि आयो आएन बुझ्न सडकतिर हेरे । गाडि त आएको रहेछ तर मेरो लागि होइन रहेछ । अनि मोहन गएको तिरै हेरे । सकेजति खुट्टा तन्काएर अग्लिएर हेर्दा पनि उनि देखिएनन् । आँखाले भेट्न सकेनन् । मोहन पल पलभरमै त्यही हराएँ । सोचेँ गाडि पो चढे कि ।
फर्किए यात्रुकक्षमै । बल्लतल्ल ठाउँ मिलाए उभिन । पानि झन थपिन थाल्यो ।

दाह्रीजुङ्गा पालेका मोहन पल जिङ्ग्रीङ्ग देखिएका थिए । पछाडि ठुलो, अल्लि पुरानो झोला भिरेका थिए । तर झोला खाली जस्तो थियो । अनुहारको रङ्ग काला दाह्री जस्तै अधेँरो थियो । सायद गाडि नपाएर अनि भिज्नु परेकाले पो निराश थिए कि ।
लभ परेन भनेर ट्वीटिरहे उनी यस्तो जिङ्ग्रीङ्ग पारामा कस्ले उन्लाई मन पराउला र ? एक मनले सोच्यो ।
तर दाह्री जावो फालेर पनि पैसो विदेश्याउनु भन्दा त पालेरै राख्छु भन्ने पनि हुनसक्छ उनको मनमा । अर्को मनले यस्तो सोच्यो । खैर उनको दाही, उनकै विचार ।
फेरी लाग्यो, उनिसँग भेट्नै पर्थ्याे । केही महिना पनि भइसकेको थियो नभेटेको । अक्सर भेटिने पनि होइन । एक्कासी भेट्दा त बोलेका भए हुन्थ्यो नि । उनलाई पछ्याएको भए भेटि पो हाल्थे कि ।
केहीबेर यस्तै सोचाइमा हराएँ ।
आँखाको दृष्टि बढाउन उनले चस्मा पनि त लगाएका छन् नि । उन्ले पनि त देख्न सक्थे नि ।
यस्तै सोच्दै थिएँ, गाडि आयो । नियालेर हेरेँ । मलाई नै लैजाने गाडि आएको रहेछ । जसोतसो युद्ध जिते । गएर सिटमा बसेँ ।

उनि चढ्ने सम्भाव्य गाडिहरूमा आँखा पुऱ्याइरहेँ, कतै उनि देखिपो हाल्छन कि । तर उनि देखिएनन् ।
पानि झन ठूलो पर्न थाल्यो । गाडिभित्र भिड त्यस्तै थियो । अनि गर्मी पनि ।
झ्यालकै सिटमा नबसेको हुनाले झ्यालको सिसामा मेरो अधिकार कम भएझै लाग्यो । झ्याल खोल्ने आँटै आएन न नै झ्याल खोल्न अनुरोध गर्न सकेँ । अझ पानि पनि परीरहेकाले होस् भैगो भन्ने लाग्यो ।
केहीबेरमा झ्यालका सिसा ओसले ढाके । बाहिरका दृश्य कही देखिएन ।
ओस हातैले पुछे । गाडिको त्यो साइड भरीमा ओस पुछिएको पहिलो झ्याल हुन पुग्यो त्यो झ्याल ।

सिसा बाहिर पानि बगिरहेका थिए । पल मै माथिबाट तल पुग्थे । बिलाउथे ।
त्यस्तै छोटो पल थियो मोहन पललाई देखेको त्यो पल । आयो । एकैछिनमा गइपनि हाल्यो । खै अब कहिले आउँछ ।
दुई वात मारेर होलिको शुभकामना मात्र पनि दिन पाएको भए उनको होलि झन् रङ्गीन हुन्थ्यो कि । मनमा खिन्नता मात्र रह्यो । निदाउन भनेर सिट नै पर्खिएको म निदाउनै सकिन ।
मोहन पल अर्को यस्तो कुनै पनि पल यस्तो हुन दिन्न । पछ्याएरै भए पनि दुई बात मार्नेछु ।
चैत्र ५, २०७५ ।।

Leave a Reply