माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म : पुग्दा

माइक्राेसफ्टदेखि बाहनुडाँडासम्म : केटाकेटीलाई पढाउन हिँडेका एक युवाको कथा । कथा जोनको हो तर त्योभन्दा पनि धेरै त ति बालबालिका जो शिक्षाको उज्यालो पर्खिरहेका थिए । त्यो समाजको हो जो परिवर्तन हुनको लागि आतुर थियो ।

संसार परिवर्तन गर्न एकजना काफी हुँदैनन् । सयौँ, हजारौँ जना चाहिन्छ । तर सुरुवात त एकजनाले नै गर्न सक्छन् । ति हजारौँमध्यमा एक जोन उड पर्छन् । उनले संसार परिवर्तनकाे अघोषित यात्रा नेपालको बाहुनडाँडाबाट गर्छन् । नेपाल यात्राको तिन हप्ते यात्राको क्रममा उनको यो महान यात्रा सुरु हुन्छ ।

यात्राको क्रममा जोन बाहुनडाँडाको एक विद्यालय पुग्छन् । उक्त विद्यालयमा रहेको पुस्तकालयको केही सङ्ख्याका पुस्तक एउटा बाकसमा कैद भएर रहेको दृश्यले जोन प्रभावित हुन्छन् । कस्तो पुस्तकालय ? जहाँ पुस्तकमा विद्यार्थीको पहुँच छैन । नाम मात्रको पुस्तकालयको लागि प्रध्यानाध्यपको पुस्तक ल्याइदिन गरेको अनुरोधलाई जोन हुन्न भन्न सक्दैनन् । र वाचा गर्दै आफ्नो यात्रामा लाग्छन् । उनको नेपाल यात्रा नभएको भए, उनले विद्यालय स्रोत प्रमुख पशुपतिलाई नभेटेका भए, प्रध्यानाध्यपकले पुस्तक ल्याइदिन अनुरोध गरेका भए, सायद जोन अहिले पनि माइक्रोसफ्टमा हुन्थे होला अनि नेपाल तथा अरु विभिन्न देशका लाखौ बालबालिका शिक्षाको नाम मात्रको शिक्षा हुन्थ्यो होला ।

शिक्षाको अनि पुस्तकालयको राम्रो महत्त्व बुझेका उनले आफ्नो पनि बाल्यकाल ति दुर्गम भेगका बालबालिकाको जस्तै भएको भए के हुन्थ्यो होला ? कल्पना गर्छन् । भयानक दृश्य आफ्नो आँखासामु देख्दा झसङ्ग हुन्छन् । र प्रण गर्छन् ति बालबालिकाको लागि जसरी पनि पुस्तक ल्याउँछु । बाहुनडाँडामा जसरी पनि पुस्तकसहितको पुस्तकालय बनाउँन सहयोग गर्छु ।

महान कार्यको थालनि सानै कुराबाट हुन्छ भनेझै एउटा पुस्तकालयको निमार्णबाट सुरु भएको जोनको यात्राले आज विशाल रुप लिएको छ । नेपालको बाहुनडाँडाबाट सुरु भएको उनको यो अभियान भियतनाम, कम्बोडिया, भारत हुँदै विभिन्न देशमा विस्तार हुन्छ । र हजारौँ हातहरू सहयोगको लागि जुट्छन् । साथै यो अभियान पुस्तकालयसँगै विद्यालय बनाउने अनि छात्रवृद्धि उपलब्ध गराएर बालबालिकाको भवष्य सुनिश्चित गर्न सफल हुन्छ ।

उनि जागिरमा फर्कन्छन् अनि पुस्तक सङ्कलन गर्न थाल्छन् । जसलाई उनको बुबाआमाले सहयोग गर्छन् । नेपालको भिरपाखा हुँदै पुस्तक पुऱ्याउन बाहुनडाँडा पुग्नुपर्ने दुःख सम्झेर जोन आफ्नो बुबाको बाहुनडाँडा पुस्तक बाँड्न जाने अनुरोधलाई हस् भन्न सक्दैनन् । सुख, सयल, सुविधामा रमाइरहेका आफ्ना बुबाले नेपालको त्यो दुःख कसरी सहन सक्छन् भनेर जोन डराउँछन् । तर आफ्नो बुबाले पुस्तक सङ्कलनमा गरेको सहयोगका कारण आफ्नो बुबाको त्यो जिद्दीसामु उनि निरीह बन्छन् ।
यस्ता कयैँन प्रसङ्ग, उनका भोगाइ, विकटमा बालबालिकाले पुस्तक पढ्न नपाएको कथाले आँखा नरसाइरहन सक्दैनन् ।

आफ्नो हुँदाखादाको माक्रोसफ्टको जागिर छोडेर पुरा समय नै यो कामको लागि समर्पित गर्छन् जोन । रुम टु रिड नामको संस्था खोलेर उनि यस काममा अझ दृढ, दत्तचित्त भएर लागि पर्छन् ।

विकाशिल वा अविकसित देशको मुख्य समस्या नै बालबालिको पहुँचमा शिक्षा नहुनु र पुस्तक हुनुपर्ने बालबालिकाको हातमा पुस्तक नहुनु नै हो । अफगानस्तानको उदाहरणले त जीउ नै सिरीङ्ग बनाउँछ । युद्धले पिरोलिएको अफगानी बालबालिकाको हातमा सहि पुस्तक पुग्न नसक्दा कसरी अलकाइदा जस्ता सङ्गठन जन्मिए र आज त्यस्ता सङ्गठनले विश्वलाई कसरी सताइरहेको छ, बुझ्न कठिन हुँदैन ।

बालबालिकाको सोच्ने, कल्पना गर्ने अनि नयाँ कुरा सिक्न सक्ने क्षमता उनिहरूले सानै उमेरमा सिक्छन्, जन्माउँछन् । आफूलाई प्रतिस्पर्धी बनाउन, मस्तिष्कलाई तिक्ष्ण बनाउन, अरूप्रति सहयोगको भाव अनि आदरसत्कारका कुरा पनि उनिहरूले बालमस्तिष्कमा नै सिक्छन् ।

एन्ड्रयु कार्नेगीले शताब्दी अघि खोलिदिएको तिन हजारभन्दा धेरै पुस्तकालयले अमेरीकाको समाजमा पुऱ्याएको समारात्मक प्रभावले पुस्तकालयको योगदान स्पष्ट पार्छ ।

व्यक्तिको वैचारिक क्षमता उस्को पढ्ने वानिले निर्धारण गर्छ । पढ्ने वानि पुस्तकालयले बनाउँछ अनि जुन ठाउँमा वा देशमा पुस्तकालय शब्दकोशमा सिमीत त वा मानिसमा पुस्तकालय जाने वानि छैन, कुराहरू हावादारी हुन्छन् । हल्काफुल्का वा अर्थ विहीन तर्कमा मानिसक झुण्ड देखापर्छन् ।

रुम टु रिडले झस्काएको अर्को पाटो विदेशीले यसैगरी सहयोगस्वरुप पठाएका पैसा के हामीले साँच्चिकै सदुपयोग गरेका छौ त ? बाहुनडाँडामा पुस्तक ल्याइपुऱ्याउन जति मुस्किल भएको थियो त्यो भन्दा पनि धेरै मुस्किल त पुस्तक तथा रकम सङ्कलन गर्दा गर्नु परेको रहेछ । त्यो पनि धनिहरूको बस्तिमा । साँच्चि नै यो काम चानचुने होइन् । जोनको यो कहालिलाग्दो सङ्घर्ष हामी जस्तो सहयोग लिनेले राम्ररी बुझ्नु पक्ष हो ।

पुस्तक पढ्दै गर्दा पुस्तकालयको महत्त्व बुझ्दै गर्दा म एकछिन घोत्लिन बाध्य हुन्छु कि साँचि म बाल्यकालमा कतिचोटी पुस्तकालय पुगे ? दिमागलाई जोड दिन्छु । बल्लबल्ल सम्झन्छु, जम्मा एकचाेटी त्यो पनि सात कक्षा पढ्दा करिब बीस मिनेट ।
त्यो पनि कहीकतैबाट सहयोग स्वरुप आएको पुस्तक राख्नको लागि जबरजस्ती बनाइएको थियो । त्यसपछि त विद्यालयमा पुस्तकालय फेरि पनि सदाको लागि बन्द भएको थियो । सम्झदा आफैँलाई अप्ठेरो लाग्यो ।

Leaving Microsoft to Change the World को अनुवाद यो पुस्तकको २०६४को पहिलो नेपाली संस्करण पढिरहँदा सबैभन्दा खल्लो लागेको पक्ष यसको अनुवाद रह्यो । कामचलाउ खालको रहेछ अनुवाद । यति महान काम बारेको पुस्तक यति खल्लो लाग्ने देख्दा नमज्जा पनि लाग्यो । अंग्रेजीमा दक्ष भएकाहरूले अंग्रेजी संस्करण नै पढ्दा राम्रो हुन्छ जस्तो लागेको छ ।

माइक्रोसफ्टबाट सिकेको अनुभव जोनलाई रुम टु रिड सञ्चालनको लागि सहयोगी बन्न पुगेको उनि बताउँछन् । उनका अनुसार संस्था सञ्चालन गर्दा केही कुराहरूको विशेष ख्याल राख्नुपर्छ जस्तो कि :
– उपलब्धीमाथि गहिरोगरी एकाग्र हुनु
आफ्नो उपलब्धीबारे जानकार रहनु र अरुलाई जानकारी गराउनु जरुरी हुन्छ र यसलाई अद्यावधिक गराइरहनु अझ जरुरी हुन्छ ।
– कुनै पनि विषयमा अरुको धारणा जान्नु
कम्पनीमा कुनै पनि तहको व्यक्तिसँग कुनै पनि विषयमा तर्कवितर्क गर्ने वातावरण बनाउन जरुरी हुन्छ ।
– तथ्यांकका आधारमा चल्नु
हरेक कुराको मापन गरिनुपर्छ जसले कामप्रतिको लगाव, उपलब्धी र चालिनुपर्ने कदममा स्पष्टता ल्याउँछ ।

संस्थाको सफलताको लागि यी कुराले महत्त्व राख्ने जोनले यस पुस्तकमा उल्लेख गरेका छन् ।

Leave a Reply