मान्छेको मन | डा. विश्वबन्धु शर्मा | Book View

manchheko mann

वरिष्ठ मानसिक चिकित्सक डा. विश्वबन्धु शर्माले चार दशक लामो आफ्नो सेवाकालमा अनुभूत गर्नुभएका अविष्मरणीय घटनाहरुको सँगालो हो– ‘मान्छेको मन’ ।

प्रकाशक

मानसिक रोग, खासमा रोग नभएर समस्या हो । हामीकहाँ मानसिक समस्यालाई बौलाउनु/बौलायो भनेर बुझिन्छ । मानसिक समस्या भएकालाई हेर्ने दृष्टिकोण त्यति राम्रो पाइदैन । मानसिक समस्या देखिएपछि उस्को जिन्दगी नै सकियो भन्ने किसिमले हेरिन्छ । र बिरामीले पनि त्यस्तै किसिमले लिने भएकाले मानसिक समस्यालाई लुकाएर राख्ने गरेको पाइन्छ । अरूले के भन्ला भन्ने मानसिकताले समस्यालाई समयमै समाधान गर्ने, डाक्टर(मनोचिकित्सक)कोमा जाने गरेको पाइँदैन । यसले समस्या झन् जटिल हुन्छ । समयमै उपचार सुरु गरे समस्या सजिलै निको हुने सम्भावना धेरै हुने रहेछ ।

मानसिक समस्या भनेर सामान्यतया हामी डिप्रेशन/बिर्सने लाई बुझ्छौ अर्थात् डिप्रेशन/बिर्सने समस्यालाई अलि बढि हाइलाइट गरिएको पाइन्छ । तर मानसिक समस्या पनि विभिन्न खालका हुँदा रहेछन् । हागाँविगाँ धेरै हुने रहेछ । जस्तो कि, सिजोफ्रनेया, एन्जाइटी, ओसीडी, छारेरोग, सुस्त मनस्थिती, साइकोसिस, आदी । यसका कारणहरू पनि भिन्नभिन्न खालका धेरै प्रकारका हुन्छन् । एउटै कारणले मानसिक समस्या भयो भन्न सकिन्न । व्यक्तिको वरपरको वातावरण, इच्छा, आकांक्षा, अ/सफलता, भोगाइ, बाध्यता, आदीले मानसिक समस्यालाई प्रभाव पार्छ । कतिपयअवस्थामा त मानसिक समस्या छ भन्ने पनि थाहा हुन्छ । वातावरण परिवर्तन हुँदा वा दिनहरू बित्दै जादाँ त्यतिकै पनि समस्या समाधान हुन्छ । तर जतिसक्दो चाँडो मनोचिकित्सकलाई देखायो त्यतिनै चाँडो समस्या समाधान हुनसक्छ ।

नेपालमा मानिसक समस्यालाई उपचार गर्ने वातावरण सजिलो रहेछ । विदेशतिर विरामी स्वंयम् उपचार गर्छु नभनेसम्म उपचार गर्न निमल्ने हुने रहेछ । कतियप अवस्थामा त विरामी छ भन्ने थाहा हुँदाहुँदै पनि उपचार दिन नसक्ने बाध्यताले विरामीको ज्यानै पनि जाने रहेछ । तर नेपालमा कानुन सहज भएकाले बेलैमा उपचार सहज रहेछ ।

केही दशकमा यससम्बन्धि उपचारमा नेपालमा उल्लेख सुधार भएको रहेछ । विरामीहरूमा पनि रोग लुकाउने समस्या घट्दो क्रममा रहेछ । डाक्टरकोमा आफै आउने रहेछन् । यो सकारात्मक पाटो हो । तर पनि मानिसक समस्यासँग सम्बन्धित जनचेतना अझ आम मानिसमा पुग्न सकेको रहेनछ । जस्तो कि अझै पनि राजधानीमै पनि देवि चड्यो, देउतासँग कुरा गर्न थाले भनेर धन्दा नै चलाएर बस्ने सयौँ छन्, टोलटोलमा छन् । यो पनि एकप्रकारको मानसिक समस्या रहेछ ।
मानसिक समस्याको उपचार गरेपछि समस्याबाट बिरामी तङ्ग्रदै गर्दा अल्लि बढी ध्यान दिनु पर्ने रहेछ । त्यो बेलामा उनिहरूको आत्मबल बढ्दै आउने रहेछ अनि आत्महत्याको विचार छिनमै आउने र आत्महत्या गरिहाल्ने पनि हुँदो रहेछ ।

पुस्तकको पछिल्लो भागमा डा. शर्माको बाल्यकाल, डाक्टरीको लागि रुसको यात्रा, डाक्टरी पेशाको तितामिठा अनुभव समेटिएका छन् । पुस्तकको सुरुमा एउटै आशयका धेरैवटा वाक्यहरू छन् । केही अल्छी लाग्दो पनि छ । सम्पादन गरेर छोट्याएको भएपनि हुन्थ्यो लाग्यो । तर पुस्तकमा मानसिक समस्या, उपचार तथा पेशासँग सम्वन्धित विभिन्न घट्ना तथा अनुभवले पुस्तक पढ्दा रमाइलो लाग्यो ।

मानसिक समस्या नेपालमा मात्र नभएर विश्वमा नै बढ्दै गइरहेको छ । यसबारे जनचेतना फैलाउने, समस्या नलुकाउन/बेलैमा उपचार गर्न प्रेरणा दिने तथा यसप्रतिको दृष्टिकोण सकारात्मक बनाउनु पर्ने देखिन्छ । मानसिक समस्यालाई अरु रोग सहर सामान्यरुपमा लिनु पर्ने आवश्यकता रहेको देखिन्छ । समस्यालाई लुकाइ राख्दा, उपचार नगर्दा, बिचैमा छोड्दा, निको भयो अब डाक्टरलाई देखाउन पर्दैन वा औषधी खानुपर्देन भनेर छोड्न समस्या झन् जटिल हुने रहेछ र बिरामीको ज्यानै जान पनि सक्ने हुँदो रहेछ । तसर्थ मानसिक समस्या बारे लेखिएको यो पुस्तक मानसिक समस्या बारे बुझ्नको लागि उपयोगी छ । यससँग सम्बन्धित पुस्तकहरू लेखिनु पर्दछ, चर्चा हुनु जरुरी छ ।


लेखक बारे
डा. विश्वबन्धु शर्मा मनोचिकित्सकका रूपमा मुलुकमै स्थापित नाम हो । पूर्व सोभियत संघबाट चिकित्साशात्र तथा मनोरोगशास्त्रमा अध्ययन गर्नुभएका डा. शर्मा विगत ३८ बर्षदेखि समाजका हरेक वर्ग र समुदायका मनोरूोगीहरूको उपचारमा क्रियाशिल हुनुहुन्छ ।
हा चाबहिलस्थित मेडिकेयर अस्पतालसँग सम्बद्ध उहाँ पत्रपत्रिकाहरूमा मानसिक स्वास्थसम्बन्धि जानकारीमूलक लेखहरू पनि लेख्ने गर्ने हुन्छ ।
यसअघि उहाँको मानसिक स्वास्थ्यका विविध अनुभव प्रकाशित छ । (पुस्तकबाट)

manchheko man

शिर्षकः मान्छेको मन
लेखकः डा. विश्वबन्धु शर्मा
प्रकाशकः मञ्जरी पब्लिकेशन
प्रकाशन मितिः भदौ २०७६, पहिलो संस्करण
पृष्ठः ४५०
मूल्यः रू ४८५
ISBN: 9789937712668

Leave a Reply