गलत व्याख्या गरीयो – गजल

धोका समेटेर पिरतीको गलत व्याख्या गरीयो ।।
अर्थीमा टेकेर जीन्दगीको गलत व्याख्या गरीयो ।।


आए आँप गए झटारो, कस्तो नियम हो यो
हिम्मत हारेर बहादुरीको गलत व्याख्या गरीयो ।।


तिमी आफ्नो लागि आफूसँग मात्र युद्ध गर
झगडा खोजेर बोलीको गलत व्याख्या गरीयो ।।



हो चितामा सजिनुपर्छ एकदिन, नचाहे पनि
पलपल मरेर हरघडीको गलत व्याख्या गरीयो ।।


बाको जीवनभरको पसिनाले भाइबन्धु फुटायो
सम्हाल्न नजानेर सम्पत्तिको गलत व्याख्या गरीयो ।।


आकाशमा उड्न पानीलाई आगोमा होमिनु पऱ्यो
बाफ हेरेर दुश्मनीको गलत व्याख्या गरीयो ।।

Leave a Reply