दशैँ विशेष #गजल
परदेशमा रहनुभएका, घर जान नपाउनु भएका, परीवारसँग दशै मनाउन नपाउनु भएका हरुमा समर्पित
यसपालि पनि मन मार्नुपर्ने भयो ।।
अर्को साललाई खुशी सार्नुपर्ने भयो ।।
पोहोर पनि यहि भन्थे अर्को चै साल ।
फेरी पनि आफैसँग हार्नुपर्ने भयो ।।
ति दशैँ, ति तिहार अनि ति रमाइलो ।
घर सम्झि-सम्झि आशुँ झार्नुपर्ने भयो ।।
यी चाडवाड कत्ति छिट्टै आउछन् है ।
फेरी परेली ओसिलो पार्नुपर्ने भयो ।।
त्यहि सपनालाई फेरी दोहोऱ्याउनु छ ।
कर्म यस्तै भनी दशैँ टार्नुपर्ने भयो ।।