सम्झिरहन्छु, भुल्ने ख्याल पनि आउँछ ।।
आखिर किन र ? सवाल पनि आउँछ ।।
पुग्यो बाँच्न, लाग्छ त्यागिदिन्छु जिन्दगी
तत् क्षण तिम्रो नै तलतल पनि आउँछ ।।
एउटा गुलाफ मऱ्यो, एउटा प्रेम बचाउन
क्षणमै कस्तोकस्तो माहोल पनि आउँछ ।।
मलाई थाहा छ खुशीको बर्षात हुने छ
जरुर एउटा यस्तो साल पनि आउँछ ।।
मुटु कमजोर रह्यो, समस्या सदाको
तिमीतिरै बगौँ भन्ने छाल पनि आउँछ ।।
माया के-केमा बोकी हिड्छन् प्रेमीहरू
मायासँगै चिठ्ठी, रुमाल पनि आउँछ ।।
चैत्र ०१, २०७६