हाय जिन्दगी !!

एकथान मुटु त
मेरो पनि छ ।
सद्दे छ
धड्किरहेछ ।

हो अलिकति जिद्दी छ,
तिम्रो लागि धड्कने चाहा गर्छ ।
जस्लाई म रोक्न पनि सक्दिन ।

हैन, हैन
रोक्नै मन लाग्दैछ ।
आफ्नै त हो,
आफ्नाहरूलाई किन रोक्नु ?

आफ्नै मुटु, अनि यस्को जिद्दी,
किन रोक्नु ?
तर यो जिद्दी रहिरहँदा
तिमी नजिक पर्न पनि सक्दिन ।
यो जिद्दीलाई टाढा पठाउन पनि सक्दिन ।
हाय जिन्दगी,
हाय बाध्यता !!

मैँलाई चलाउने मुटुले
भनेको मानौँ कि
मैँलाई चलाउन तिमीतिर
मुटुले भनेको नमानौँ ??

फाल्गुण २५, २०७६

Leave a Reply