घृणा !!

मलाई
त्यो तिमी भएर गुज्रने
याद देखी घृणा लाग्छ ।
तिम्लाई घृणा गर्न सक्दिन नि त ।

घुम्दैघुम्दै अघि बढ्ने
ति गल्ली,
जो तिम्रा कदम पछ्याउन
बहुत कामको थियो,
सँग पनि घृणा लाग्छ ।
यो अझै पनि यहीँ छ
तर तिमी साथमा छैनौ नि त घृणा गर्न ।

तिमीभन्दा राम्रो भेट्छु,
तिम्रो घमण्डमा मैले के नै गर्न सक्थे र ?
सके देखाउ, सक्ने यही घमण्ड थियो, गरेँ ।
हिरा छोडेर फलाम रोज्यौ
घृणा लाग्छ आफ्नै घमण्डदेखी ।
तिम्रो रोजाइ, जो प्रिय रह्यो सदा,
लाई सक्दिन नि त घृणा गर्न ।।

तिमी आउनुअघि पनि त
खुशी थियो जिन्दगी ।
तर अहिले किन छैन ?
खुशी सम्हाल्न नसक्ने
जिन्दगीसँग पनि घृणा लाग्छ ।
सक्दिन नि त घृणा गर्न
कसैसँगसँगै जाने खुशीलाई
किनकी त्यो तिमीसँग गएको छ नि त ।

फाल्गुण १९, २०७६

Leave a Reply