कुन सजिलो, बाँच्न या मर्न ?

खै
थाहा छैन
कुन सजिलो छ ?
बाँच्न या मर्न ?

बाँच्नेहरू त
बाँच्न जति गाह्रो
अरू केही छैन भन्छन् ।

रहर छ मनमा
मर्नेहरूको पनि विचार बुझ्ने ।

चैत्र ०२, २०७६

Leave a Reply