सबथोक हरायो ।
तिमी हरायौ
तिम्रा याद हराए
म रित्तो भएँ ।
खोज्न जाउँ कहाँ
लागूँ दिशा कुन ?
तिमीलाई खोजूँ कि
तिम्रा याद खोज्न थालूँ ??
तिमीलाई रोजूँ कि
तिम्रा यादलाई रोजूँ ??
म त एउटा निर्णयमा पनि
पुग्न सक्दिन ।
म रित्तो भएँ ।।
मसँग चाहना नै छैनन्
भएका पनि पूरा भएका होइनन्
चाहना भनेका बोझ न हुन
जुन मसँग छैन ।
म रित्तो भएँ ।
चलेजस्तो लाग्ने
हिडेजस्तो लाग्ने
यो मेरो जिन्दगी
बिग्रिएको जिन्दगी ।।
हिड्नलाई जे चाहिन्छ त्यो नहुनु भनेको
केही नहुनु त हो नि ।
मसँग केही छैन ।
म रित्तो भएँ ।
तिमी भएकी भए
वा तिम्रा याद मात्र भएका भए पनि
जसोतसो घिसार्ने थिएँ जिन्दगी
घिसार्न पनि नमिल्ने
अहो ! कस्तो जिन्दगी !
बिग्रिएको जिन्दगी !
रित्तिएको जिन्दगी !!
आश्विन, २०७७