निभ्न लागेको दियो झैँ
मनमा यस्तरी आश पलाउँछ
कि तिमीसँग नै नयाँ जीवन अब सुरु हुन्छ ।
आँखाहरू आँखाहरूमा बाँधिन्छन् ।
लाग्छ एकअर्काप्रतिको आकर्षणले
मलिलो माटो भेटे जस्तो ।
जीवनको नयाँ यात्राको विउ
उम्रन लागे जस्तो ।
पलभरमै हुन्छ यी सब
हाम्रो स्टेशन आउनु अघि
तिमी वा म झर्नु अघि
आ-आफ्नो बाटो लाग्नु अघि
धपक्क बल्छ
मनमा तिम्रो हुने चाह
निभ्नुअघिको दियो झैँ ।
फाल्गुण १४, २०७६
