फूल चुम्दै हिड्दै गरेकोमा
भमराहरू सधैँ बदनाम गराइए ।
जतिले देखे,
भमरा वेइमान भन्ने निचोड निकाले ।
तर फूलले के भन्छ ?
देख्नु र भोग्नुमा
आकाश पातालको भिन्नता हुन्छ नि ।
आफ्नो सन्ततिका रुपमा
आफू बाँच्न पाउन सम्भव हुँदा
के फूल खुशी नहोला र ?
परागसेचन । कविता
भाद्र १८, २०७७
