चुली का केही पंत्तिहरू

चुली (उपन्यास) – सरुभक्त

१. नामको के मह󠄏त्त्व छ, महत्त्व कामको छ ।

२. हिमालमा जोखिमहरू हुन्छन् । जीवनमा हिमालहरू हुन्छन् । जीवन भनेको जोखिमहरूको एक सुन्दर कविता हो । जोखिमहरूदेखि तर्सनेहरू सधैँ कुरूप कविता रचना गर्छन् ।

३. काँडाहरूले अरुलाई घोच्छन् आफैलाई घोच्दैनन् ।

४. जीन्दगीको अर्को नाम विवशता हो, तर विवशताको अर्को नाम जीन्दगी होइन ।

५. हो, जीवनमा दुःख छ, तर जीवन दुःख होइन ।

६. यदि भाग्य मान्ने हो भने मान्छेले आफ्नो भाग्य आफैँ बनाउनुपर्छ ।

७. उद्देश्यहीन जीवन मृत्यु हो । मृत्यु कुनै उद्देश्य होइन ।

८. जीवन सक्न एउटै दुर्घटना पर्याप्त हुन्छ ।

९. दुर्घटनाहरूसित लुकामारी खेल्नुको नाम नै हो जीवन ।

१०. गल्तीका सम्भावनाहरूले कुनै गल्ती गर्दैनन् ।

११. राम्ररी योजना गरिएन भने सपना सधैँ सपनै रहन्छ ।

१२. कति मान्छेको जीवन राम्रो मौसमको प्रतीक्षा गर्दागर्दै त्यत्तिकै बित्छ । राम्रो मौसम राम्रो कुरा हो तर राम्रो मौसमको प्रतीक्षा गरिबस्नु मात्रै राम्रो कुरा होइन ।

१३. मान्छेको इतिहास भनेको प्रकृतिसँग सम्झौताको इतिहास होइन । मान्छे एक साहस हो । साहस आफैँमा एक प्रतिभा हो ।

१४. जीवनमा थकाइ हुन्छ, थकाइमा जीवन हुँदैन ।

१५. जीवनमा कति मान्छेहरू अल्छी बन्नकै लागि जन्मन्छन् । त्यसैले जीवनमा सुनौला अवसरहरूलाई शत्रुतापूर्ण दृष्टिले हेर्छन् ।

१६. खरपस हिमालमा पनि हुन्छ, जीवनमा पनि हुन्छ ।

१७. कायरहरूलाई कायरताको गीत गाउन सजिलो हुन्छ ।

१८. जो जीवनको अर्थ बुझ्दैनन्, उनीहरू भनिठान्छन् हामीहरू असुरक्षित जीवन बाँचिरहेछौँ ।

१९. मान्छेले जीवनहीन जीवन होइन, मृत्युहीन मृत्यु रोज्नुपर्छ ।

२०. मान्छे आफ्नै इतिहासको स्वप्नद्रष्टा हो ।

२१. हिमालले कहिले पनि गल्तीहरू माफ गर्दैन ।

२२. कायरहरू हिमाल चढ्नु मूर्खता भन्छन् र त्यही बुद्धिमतामा मूर्खताको जीवन बाँच्छन् ।

२३. मान्छेले सबैभन्दा पहिले आफूलाई चिन्न र विश्वास गर्न जान्नुपर्छ ।

२४. महान् लक्ष्यहरू, महान् समस्याहरू र महान सङ्घर्षहरूले नै मानिसहरू महान् बन्छन् ।

२५. जीवन लक्ष्यको महान् यात्रा हो भने त्यो अनवरत हुनुपर्छ । आराम गरीगरी, सुविधा हेरीहेरी यात्रा गर्नेहरू जहाँ पुगे पनि कतै पुग्दैनन् । त्यस्ताहरूले हिमाल नचढी हेहिकप्टर चढे हुन्छ ।

२७. जीवनमा कोही हिमाल चढेर आफैँ हिमाल बन्छन् । कोही दलदलमा फसेर आफैँ दलदल बन्छन् ।

२८. जो यात्रा गर्छन् उनैका पाइला शिथिल हुन्छन्, तर जो जीवनमा कुनै यात्रा गर्दैनन् उनका मन शिथिल हुन्छन् ।

२९. मान्छेका महान् कर्महरू शिथिल मनका उपज होइनन् ।

३०. मान्छे आफैँ आफ्नो समस्या भएपछि अरू समस्याहरू नगण्य हुन्छन् ।

३१. जीवन भूल होइन, तर जीवनमा भूलहरू हुन्छन् ।

३२. अज्ञानीहरू आफूलाई ज्ञानी सम्झन्छन् र जीवनभर आफ्नो हिमाल आफैँ नदेखेझैँ गर्छन ।

३३. जीवनको महान् यात्रामा हिड्नेहरू बाटोमा निदाउदैनन् ।

३४. बिनाशरीर मन हुँदैन र बिनामन शरीर रहँदैन ।

३५. जीवनका चुलीहरू नदेखिनुको अर्थ जीवनका चुलीहरू नहुनु होइन । जीवनका लक्ष्यहरू नदेखिनुको अर्थ जीवनका लक्ष्यहरू नहुनु होइन ।

३६. मान्छेको एकएक पाइलामा एकएक मृत्यु मात्र हुँदैन, एकएक जीवन पनि हुन्छ ।

३७. एउटा खतरापछि अर्को खतरा । खतराहरूको पनि लामो सिलसिला । जीवन भनेको यही हो ।

३८. जीवन नबुझ्नुहरूले जीवनलाई शत्रुतापूर्ण दृष्टिले हेर्छन् ।

३९. अनिर्णित भई बस्नुभन्दा गलत निर्णय लिनु राम्रो हो । गलत निर्णय गर्नेहरूले एकदिन जीवनको सही बाटो पत्ता लाउन सक्छन्, तर अनिर्णित भई बस्नेहरूले जीवनको कुनै बाटो पत्ता लाउन सक्दैनन् ।

४०. एउटा चीजको तिर्खा अर्को चीजले मेटिँदैन ।

४१. पूरा तयारीले मान्छेलाई पूरा मान्छे बनाउँछ, आधा तयारीले मान्छेलाई आधा मान्छे बनाउँछ ।

४२. जब लक्ष्य महान् हुन्छ, जीवन–मृत्युका प्रश्नहरू समस्या बन्दैनन् ।

४३. जति आाफ्नो नलागे पनि आफ्नो भन्ने कुरा आफ्नै हुन्छ । दुःख कहिले पनि अरुको हुँदैन ।

४४. जीवनमा सबैलाई आफ्नोआफ्नो तरिकाले चुली चढ्ने अधिकार हुनुपर्छ । यो अधिकारको हनन भनेको अधिकारको मात्र हनन होइन, चुतीकै अपहरण हो ।

४५. विजयमा खुसी हुनुपर्छ, सफलतामा खुशी हुनुपर्छ तर चाहिनेभन्दा धेरै होइन् ।

४६. जीवन एउटा मात्र चुलीका लागि होइन, धेरैधेरै चुलीहरूका लागि हो ।

४७. हिमाल चढ्नु जति कठिन र चुनौतीपूर्ण हुन्छ, हिमाल ओर्लनु त्यति नै कठिन र चुनौतीपूर्ण हुन्छ ।

४८. हिमाल चढ्नु भनेको हिमाल आर्लनु पनि हो ।

४९. पृथ्वीको इतिहासमा एक युगमा एक–दुई जनाले मात्र मानवताको चुली टेके भने मुक्तिका लागि मान्छेहरूले ईश्वर कल्पना गरिरहनु पर्दैन ।

५०. मान्छेहरूले जीवनको बाटो उक्लदाँ ओर्लने क्षमता सुरक्षित पारी राख्दैनन् ।

५१. धेरैजसो मान्छेहरू असफलताहरूमा दुर्घटित हुँदैनन्, सफलताहरूमा दुर्घटित हुन्छन् ।

५२. अनावश्यक भावुकताले बाटो छेक्छ ।

५३. मान्छेको भावुकता मान्छेको बाटो हुनुपर्छ, मान्छेको बाधा होइन ।

५४. मान्छेले जीवनमा गतिला पदचिह्नहरू छोडे भने ती आफ्नै लागि र अरुका लागि पनि मार्गदर्शक बन्न सक्छन् ।

५५. जीवनमा तुफानहरू आइरहन्छन् । तुफानहरू आए डटेर मुकाबिता गर्नुपर्छ । तुफानसित भागेर तुफानबाट बँच्न सकिँदैन ।

५६. पृथ्वीमा धेरै ठूलाठूला तुफानहरू आउँछन् तर ती सधैँ रहिरहँदैनन् ।

५७. जीवनमा तुफानहरू गुज्रनका लागि आउँछन्, रोकिई बस्नका लागि आउँदैनन् ।

Leave a Reply