म निरीह प्राणी
हरदिन दिन ढल्छ । साँझमा लठ्ठिन्छ । अनि रातमा विलिन हुन्छ । मेरै अघि दिन सकिएको म टुलुटुलु हर्नु सिवाय केही गर्न सक्दिन । अहिलेसम्म एकचोटी पनि एउटा दिन पनि बचाउन सकिएको हैन । कस्तो म निरीह प्राणी !!
हरदिन दिन ढल्छ । साँझमा लठ्ठिन्छ । अनि रातमा विलिन हुन्छ । मेरै अघि दिन सकिएको म टुलुटुलु हर्नु सिवाय केही गर्न सक्दिन । अहिलेसम्म एकचोटी पनि एउटा दिन पनि बचाउन सकिएको हैन । कस्तो म निरीह प्राणी !!
चुली (उपन्यास) – सरुभक्त १. नामको के मह󠄏त्त्व छ, महत्त्व कामको छ । २. हिमालमा जोखिमहरू हुन्छन् । जीवनमा हिमालहरू हुन्छन् । जीवन भनेको जोखिमहरूको एक सुन्दर कविता हो । जोखिमहरूदेखि तर्सनेहरू सधैँ कुरूप कविता रचना गर्छन् । ३. काँडाहरूले Read More …
साच्ची विचारहरू
मस्तिष्कमा नै स्वतन्त्र हुन्छन्
कि
कुनै पुस्तक वा लिखोटमा ?
मस्तिष्कमा भएका विचार त
परिवर्तन गर्न सकिन्छ ।
तर लेखिइसकेको,
व्यक्त भइसकेको विचार
परिवर्तन गर्न सकिन्छ र ?
आज भेटिएको छु ।
थाहा छ भोली भेटिन्न ।
खै के छ तिमीमा
नजरले एक झुल्को भएपनि
तिम्रा दृश्य चोर्न रहर गर्छ ।
मेरा नजरदेखी
यदि तिमीलाइ आपत्ति हो भने
तिमी राम्री हुन छोडिदेउ ।
खरानी भयो जीवन एकदिन तिम्रो पनि जल्ने छ ।
भाँचिएँ म भित्रैबाट, जीन्दगी खै कसरी चल्ने छ ।
आगोको वीउ मनमा रोपी गएकी छाै तिमी ।
ढिलो चाडो न हो, त्यो संसार पनि भर्भरी बल्ने छ ।