अनुभूति

तिमीसँगको सामित्यतालेमनलाई फुरुङ्ग बनाइरहँदालागेको हो, तिमीमा पक्कै केही छजस्ले मलाई तिमीतिर तानिरहेको छ । तर त्यस्तो होइन रहेछ ।मभित्र नै केही रहेछ,तिमीप्रतिको माया जस्ले मलाई पो तिमीतिर धकेलिरहेको रहेछ ।।#अनुभूति #kirrkur #poetry #words #thoughts #playingwithwords

मान्यता

जे होस् भन्यो, हुँदैहुँदैन ।जे नहोस् भन्यो, त्यही भईदिन्छ ।जे हुन्छ, मनले चाहेकै हुन्न ।केही पाउन घृणा मात्र गर्नु परेको छ ।घृणाको सूचीमा हजुरलाई नै राख्न पर्ने भएको छ ।। #मान्यता ।#words #thoughts #poetry #playingwithwords #kirrkur

भुवाँका सपना

आगोको एउटा मुस्लोमा आफैँलाई डढाएर अङ्गारका ढिक्का बनेरतिम्रो श्यामश्वेत सपनाका पानाहरूमाकहिल्यै नमेटिने काला अक्षर सजाउनेरहर त मनले गर्छ। तर बिडम्बनाआगोको भट्टीले मलाई अङ्गार बन्न नदिने रहेछ । म अङ्गार बन्न नसक्ने रहेछु । खरानी पो बन्ने रहेछु। खरानीजस्लाई हावाले पनि Read More …

म तिमीसँगै हुनेछ

आकाशमा टुक्राटुक्रा बादल छरिएझैताराहरूले अँधेरी सजिएझैम तिमीसँगै हुनेछु ।म तिम्रो लागि हुनेछु ।। आँखाबाट झर्न रहर गर्ने आँशुबिहानीको शित हुनेछ ।म हुन्छु तिम्रो साथतिमी हुन्छौ मेरो साथजिन्दगी मिठो गीत हुनेछ । मेरो श्वाससँगै तिम्रो खुशी नरोकियोस् ।जति हुन्छु साथखुशी दिने Read More …

नभएका कल्पना

म बुन्छु सपना,


म बनाउँछु कल्पना ।


कहीँ भएजस्तो, 


कहीँ पनि नभएजस्तो ।

कहिले


कतै खोज्न जाउँ जस्तो लाग्छ,


भेटी पो हाल्छ कि जस्तो लाग्छ ।


तर कहिले


आफ्नै कल्पनामा पनि भेटिदैन ।


किन सपना यति कमजोर हुन्छन्


किन कल्पना यति निरीह हुन्छन् ?


आफै बनाउने अनि आफैसँग पनि नहुने ।

जिद्दी याद, जिद्दी मन

जिद्दी छन् यादहरु, जसरी पनि आउनै खोज्ने आउने, आइरहने । अनि त्योभन्दा पनि जिद्दी छ मन । यादलाई वरीपरी पनि नआओस् भन्ने । बाटो पऱ्यो होला यादको, आउँछ अनि जान्छ । आनन्दै हुन्थ्यो । तर मान्दै-नमान्ने ?

कुन सजिलो, बाँच्न या मर्न ?

खै

थाहा छैन

कुन सजिलो छ ?

बाँच्न वा मर्न ?

बाँच्नेहरू त

बाँच्न जति गाह्रो

अरु केही छैन भन्छन् ।

रहर यत्ति छ मनमा,

मर्नेहरूको पनि विचार बुझ्ने ।